पर्वत । दक्षिण पर्वतको धार्मिक एवं पर्यटकीय क्षेत्र शितल गुफाको पहिचान गण्डकी प्रदेशमा बिस्तारै बढ्दो क्रममा रहेको पाईएको छ।पर्वत बिहादी गापा २ बर्राचौर स्थिति रहेको यो गुफाको फरक अस्तित्व र बिषेशता भएतापनि आजसम्म बिस्तृत प्रचारप्रसार नहुँदा गुफाको पहिचान बाह्य क्षेत्रमा नपुगेको शितल गुफा पुजा व्यवस्थापन समितिका उपाध्यक्ष हिमलाल पौडेलले बताए ।
उज्यालो नेटवर्क गण्डकी रिपोर्टर डिलु शर्मा संगको कुराकानीमा पौडेलले जिल्लाको चर्चित गुफा मानिने गुप्तेश्वर गुफा भित्र भन्दा शितल गुफा भित्र हजारौं जनमानस सहभागी हुन सकिने खुला फराकिलो क्षेत्र रहेको भन्दै गुफाको पहिचान फराकिलो बनाउन सकिए पर्यटन पर्वधनमा सहयोग मिल्ने बताउनुभयो । गुफाभित्र ऐतिहासिक ,पुरातात्त्विक अस्तित्व बोकेका केही पौराणिक मुर्तिहरु पनि देख्न सकिन्छ भने प्राकृतिक शैलीका शिवलिङ्ग पनि अवलोकन गर्न सकिन्छ । गुफाभित्र प्रवेश गरेपश्चात १५० मिटर सम्मको उचाइसम्म पुग्न सकिने उपाध्यक्ष पौडेलले जानकारी दिए ।
अन्य गुफाहरुको जस्तो पौराणिक पृष्ठभूमि यकिन नभएको र वि।स २०६२ सालदेखि गुफालाई धार्मिक एवं पर्यटकीय गन्तव्यतर्फ पुर्याउनको लागि अवलोकन गरि संरक्षण र विकासतर्फ लागि परेको स्थानीयको भनाइ रहेको छ। र अन्य गुफाहरु तुलनामा यहाँ भित्र शितल फरक आन्नद महसुस हुनाले यसको नाम शितल गुफा रहेको स्थानीयले दाबी गरेका छन। धार्मिक एवं पर्यटकीय स्थल शितल गुफा क्षेत्रबाट गुल्मी बागलुङ सिमाना आसपासका क्षेत्रहरूको सहज दृश्यअवलोकनका लागि समेत उत्कृष्ट ठाउँ मानिएको छ।