थप ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि, थप ९ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आइतबार थप ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ हजार ५ सय ८९ पिसिआर परिक्षणका क्रममा ७ सय ३० र ५ हजार १ सय ४७ एन्टीजेन परिक्षणका क्रममा १ सय ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संंख्या ८ लाख ८१ हजार ९ सय ३९ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ९६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप १२ सय ७९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ६१ हजार १ सय ५४ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

हाल १९ हजार १ सय ४२ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३० जना क्वारेन्टाइनमा छन् ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार