आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन सक्छ : बादल

उज्यालो प्रतिनिधि ८ आश्विन २०७८, शुक्रबार मुख्य नेटवर्क

काठमाडौँ । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन सक्ने बताएका छन ।

प्रेस चौतारी नेपाल चितवन शाखाले शुक्रबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीले निर्णय गरेमा प्रचण्ड र आफ्नो बीच चुनावी प्रतिस्पर्धा हुन सक्ने बताएका हुन । उनले अहिले ठूलो संख्याका नेता तथा कार्यकर्ताले प्रचण्डको साथ छोडेको जिकिर गरे । त्यस्तै उनले राष्ट्रिय अर्थतन्त्र र पूँजीको संरक्षण गर्ने भन्दा पनि कालो धनलाई संरक्षण गर्ने काम वर्तमान सरकारले गरेको आरोप पनि लगाए । थापाले लोकतन्त्र, राष्ट्रियता, समृद्धि र समाजवाद विरुद्ध वर्तमान सरकार लागेको धारणा राखे । उनले एमसीसीलाई परिमार्जन गरेर मात्र अघि बढाउनुपर्ने बताए । उनले पार्टीभित्र १० बुदे सहमति पूर्णरुपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्र र विधिको शासन उल्लघन गरिरहेको भन्दै उनले सभामुखले निष्पक्ष निर्णय गर्न नसकेकै कारण बिरोध गर्नुपरेको उल्लेख गरे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार