एमाले सरकारमा आएमा तीन दिनभित्र सरकार बनाउछौ : ओली

उज्यालो प्रतिनिधि ७ आश्विन २०७८, बिहीबार मुख्य नेटवर्क

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र विभाजन ल्याउन फेरि पनि प्रयास हुनसक्ने बताएका छन ।

एमाले उपत्यका कमिटीले बिहीबार काठमाडौंमा गरेको भेलामा ओलीले एमालेमा विभाजन ल्याउने प्रयास हुन सक्ने भन्दै सजक हुनुपर्ने बताउनुभएको हो । उनले एमालेलाई सिद्धाउन खोजे पनि अझै सशक्त र एकताबद्ध भएर अघि बढ्ने धारणा राखे । अध्यक्ष ओलीले शपथ लिएको ७५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता दिन नसकेको भन्दै गठबन्धन दलको आलोचना गरे ।

उनले भविष्यमा एमाले सरकारमा आएमा तीन दिनभित्र सरकार बनाउने दावी पनि गरे । ओलीले आफ्नो नेतृत्वको सरकारले गरेको बिकासमा वर्तमान सरकारले जस लिन खोजेको धारणा राखे ।

उनले आफू नेतृत्वको सरकारले देशको बिकासका लागि गरेको काम देख्न नसकेर हटाइको उल्लेख गरे । अध्यक्ष ओलीले माधव नेपालको पार्टीले संरचना निर्माण गरेको सुनेको भन्दै संरचनामा बस्ने मान्छेको अभाव हुने टिप्पणी गरे । सरकारले बाडेको मेडलको बारेमा आफुले गरेको टिप्पणीलाई अपव्याख्या गर्ने प्रयास गरेको भन्दै ओलीले एमालेले सत्ताको दुरुपयोग गर्न नजानेको प्रष्टिकरण दिए ।

ओलीले पार्टीलाई सशक्त बनाउदै अघि बढाउन कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा एमालेका नेताहरुले पार्टीलाई कसैले पनि कमजोर बनाउन नसक्ने धारणा राखेका थिए ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार