विप्लव कर्मचारी संगठनमा पहिरो : भए माओवादी केन्द्रको कर्माचारी संगठनमा समाहित

उज्यालो प्रतिनिधि ७ आश्विन २०७८, बिहीबार मुख्य नेटवर्क

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव निकट राष्ट्रिय कर्मचारी महासंघको कोषाध्यक्ष एवं विश्वविद्यालय राष्ट्रिय समितिका अध्यक्ष हरिहर बस्नेत सहित अधिकांश सदस्य र पदाधिकारी माओवादी केन्द्रको कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठनमा समाहित भएका छन ।

बस्नेतले विज्ञप्ति जारी गर्दै अधिकांश सदस्य र पदाधिकारी सहित नेकपा माओवादी केन्द्र समर्थित कर्मचारी संगठनमा एकताको भाव अनुसार सम्मिलित (एकाकार) भएको घोषणा गरेका छन ।

विश्वविद्यालय राष्ट्रिय समितिका अध्यक्ष दीपक तिवारी र महासचिव लोकेन्द्र आर।सी।ले उनीहरुलाई स्वागत गर्दै समाहित भएका सबै कर्मचारी साथीहरुलाई संगठनमा उपयुक्त जिम्मेवारी प्रदान गरिने महासचिव आर.सी.ले बताए ।

सो अवसरमा बस्नेतले समाजवादी क्रान्ति पुरा गर्न सबै मार्क्सवादीहरु एकठाउँ जुट्नुको विकल्प नरहेको भन्दै आफुहरु मुलघरमा फर्केको र बाँकी रहेका साथीहरुलाई पनि आउन आह्वान गरे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार