खेरजाने कागजबाट अण्डाको क्यारेट

शिवु खनाल ६ आश्विन २०७८, बुधबार समाचार

देउखुरी ।  प्रयोग भइसकेका कागज, कार्टुनहरूबाट अण्डा राख्ने क्यारेट बनाएर दाङ देउखुरी लमहीका तिनजना युवकहरुले राम्रो आम्दानी गर्न थालेका छन् । खेर जाने कागजको सदुपयोग गर्दै लमही नगरपालिका वडा नम्बर ६ दुमदुमा स्थित निराकार पौडेल, निरवज बस्नेत र प्रदिपसिंहले राम्रो आम्दानी गरिरहेका छन् । लमही नगरपालिकाको वडा नम्बर ६ देउपुर दुमदुमा स्थित दुमदुमा क्यारेट उद्योग (एकट्रे) नामको उद्योग स्थापना गरेर फोहोरका रुपमा फालिने कागज, कार्टुनलाई कच्चापदार्थको रुपमा प्रयोग गरी नम्बर अनुसारको क्यारेट उत्पादन गरि प्रति क्यारेट पाँच रूपैयाँ ७५ पैसामा विक्रि गर्दै आएको उद्योगी निराकार पौडेलले बताए ।

 

लमहीका स्थानीय तीनजना युवकहरूले झण्डै दुईकरोडको लगानीमा क्यारेट उद्योग संचालनमा ल्याएका छन् । चितवन पछि दाङ जिल्लामा कुखुरा पालन गर्ने फर्महरू बढेसँगै क्यारेटको माग बढेकाले उद्योग संचालनमा ल्याएको उद्योगी पौडेलले बताए । उद्योगबाट अहिले प्रतिदिन विसहजार क्यारेट उत्पादन गरिहरहेको र उत्पादित क्यारेट दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची, लगायतका पोल्ट्री फार्ममा विक्री हुने गरेको उनले जानकारी दिए।
उद्योगी पौडेललका अनुसार कागज, किताव, कापी, पत्रिका, कार्टुन लगायत कागजी सामाग्रीलाई प्रशोधन गरी क्यारेट बनाइन्छ ।

पानी र कागजलाई मिलाएर मेशिनमा राखेपछि मेशिनले क्यारेट तयार पार्दछ र लगभक पाच देखि छ घण्टासम्म घाममा सुकाएपछि क्यारेट तयार हुन्छ, उनले भने । क्यारेट उत्पादन गर्ने कच्चापदार्थ घोराही र धनगणीबाट ल्याउने गरिएको छ । उद्योगी पौडेलका अनुसार दुमदुमा क्यारेट(एकट्रे) उद्योग संचालनमा ल्याएको करिब पाच वर्ष पुरा भएको बताउनुहुदैँ, फालिने कागजबाट क्यारेट उत्पादन गर्ने उद्योगमा स्थानीय विसजनालाई नियमित रोजगारी उपलब्ध जानकारी दिए ।

क्यारेट उत्पादनमा हिउँदमा दुई दिन र वर्षामा सोचे जस्तो हुदैन । हाल उद्योगमा क्यारेट उत्पादन गर्ने मेशिन एउटामात्र छ । यो वर्ष अर्को मेशिन थप गर्ने योजनामा रहेका छौँ, उद्योगी पौडेलले भने,—। ‘अहिले वार्षिक एक करोडको कारोबार हुदै आएको छ । अवको योजना अनुसार वर्षीक दुईदेखि तिन करोडसम्म आर्थिक कारोबार गर्ने लक्ष्य रहेको छ ।’ एक विगाहा क्षेत्रफलमा उद्योग संचालन गरेको जानकारी दिदै, थप क्षेत्रफल बढाउने योजना अगाडि सारेको उनले बताए ।

कोभिडका कारण उत्पादन सामाग्रीको अभाव

कोरोना भाइरस (कोभिड १९) का दाङ सहित देशभरका विभिन्न उद्योग तथा कलकारखानाहरु मारमा परेका छन् । (कोभिड १९) का कारण सिजनमा उद्योगबाट उत्पादन गर्ने बस्तु पर्याप्त नहुँदा थप मारमा परेका छन् । उद्योगमा उत्पादन गर्ने सामाग्री बाहिरबाट ल्याउनुपर्ने हुन्छ । लकडाउनले गर्दा सामाग्री ल्याउन चरम समस्या भयो, संचालक निराकार पौडेलले भने,—। ‘उत्पादन गर्ने सामाग्री नै उद्योगसम्म ढुवानी गर्न नपाउँदा योवर्ष उत्पादनमा समस्या आएको हो । अव यसलाई थप व्यवस्थापन गरेर अगाडि बढ्ने तयारीमा छौँ ।’

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार