सरकारको गैरकानूनी कामको प्रतिवाद गर्नुपर्छ : अध्यक्ष ओली

उज्यालो प्रतिनिधि ६ आश्विन २०७८, बुधबार मुख्य नेटवर्क

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको गैरकानूनी कामको प्रतिवाद गर्नुपर्ने बताएका छन ।

पार्टीनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ केन्द्रीय कमिटीका पदाधिकारीको शपथग्रहण तथा कार्यकर्ता भेला कार्यक्रममा ओलीले सरकारले जनताको हित बिपरितको काम गरेको भन्दै गैरकानूनी कामको प्रतिवाद गर्नुपर्ने बताएका हुन । उनले बजेटमा करका दरहरु सेटिङका आधारमा हेरफेर भएको भन्दै यसमा सरकारले स्पष्ट रुपमा धारणा सार्वजनिक गर्नुपर्ने बताए । ओलीले प्रतिक्रियावादीको सेवक हुनपुगेकालाई मात्र सरकारले प्राथमिकता दिएको र अरुलाई दुख दिएको धारणा राखे । उनले देश र जनताको हितका लागि विद्यार्थीले निरन्तर आवाज उठाउनुपर्ने जनाए ।

उनले एमाले विधि र लोकतन्त्रको रक्षार्थ निडरताका साथ अघि बढ्ने उल्लेख गर्दै त्यसका लागि कानूनी र अन्य लडाइँ लड्न तयार रहेको बताए ।

कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष ऐन महरले नेतृत्व हस्तान्तरण गर्दै नयाँ जिम्मेवारी प्राप्त अध्यक्ष सुनिता बराललाई उक्त पद हस्तान्तरण गरे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार