ह्यान्डीक्राफ्टभित्र राखेर लागूऔषध विदेश निर्यात गर्ने गिरोह पक्राउ

उज्यालो प्रतिनिधि ६ आश्विन २०७८, बुधबार मुख्य नेटवर्क

काठमाडौँ । लागू औषध नियन्त्रण व्युरोले ह्यान्डीक्राफ्टभित्र राखेर लागूऔषध विदेश निर्यात गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

व्युरोले लागूऔषध विदेश निर्यात गर्ने गिरोहलाई चरेश लुकाउन प्रयोग गरिने ह्यान्डीक्राफ्टका सामानहरु तथा सो बनाउन प्रयोग हुने औजारसहितको कारखानावाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा लागूऔषध कारोबारको मुद्दामा १९ वर्ष जेल बसेर निस्केका नुवाकोटको विदुर नगरपालिका– १३ का उर्पा तामाङसहित ७ जना रहेका छन् । व्युरोका अनुसार तामाङले २०७३ सालदेखि अहिलेसम्म ८० किलो चरेस विदेश पठाइसकेको अनुसन्धानमा खुलेको लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी हृदय थापाले जानकारी दिए । कतारलाई नयाँ गन्तब्य बनाएर नेपालको एयरपोर्ट हुँदै लागूऔषध कतार लैजान खोजेको देखिएको थापाले बताए ।

व्युरोका अनुसार पक्राउपरेका गिरोहले नेपालबाट भारतको कोलकत्ता हुँदै बैंकक, थाइल्यान्ड, टर्कीलगायतका देशहरूमा चरेस तस्करी गरेको खुलेको छ । पक्राउ परेकाका सम्बन्धमा लागू औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्धा दर्ता गरि म्याद थप गरि अनुसन्धान भइरहेको व्युरोले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार