गाई काटेको आरोप लगाउँदै झुट्टा दोषमा पक्राउ गरिएकालाई रिहा गर्न मोर्चाको माग

उज्यालो प्रतिनिधि ५ आश्विन २०७८, मंगलवार मुख्य नेटवर्क

काठमाडौं । गाई काटेको आरोपमा मकवानपुर प्रहरीले पक्राउ गरेका १० जनालाई रिहा गर्न एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले माग गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै मोर्चाका संयोजक सुर्यमान दोङ ‘लालध्वजले’ गाईको व्यवस्थापन गर्न खटिरहेका टोलीलाई प्रहरी चौकी हात्तिसुँडेबाट खटिएको टोलीले ‘गाई काटेर भाग लगाउँदै गरेको’ झुट्टा दोष लगाई पक्राउ गरिएले तत्काल बिना शर्त रिहा गर्न माग गरेका हुन् ।

‘संविधानमा नै उल्लेख भएको धर्मनिरपेक्ष मुलुकका स्वतन्त्रतापूर्वक बाँच्न पाउने नागरिकको अधिकार कुण्ठित हुनेगरी झुट्टा आरोपमा उनीहरुलाई पक्राउ गरिनु गैरकानुनी मात्रै होइन, नागरिक स्वतन्त्रताको अधिकारविरुद्धको कार्य हो ।’ विज्ञप्तिमा लेखिएको छ, ‘कुनै पनि समुदायका नागरिकलाई लक्षित गरी अनेक बहाना देखाई फसाउने षड्यन्त्रका साथ पक्राउ गर्ने कार्य निन्दनीय छ ।’

त्यस्तै मोर्चाले पक्राउ गर्नका लागि खटिएका प्रहरी टोलीलाई छानबिनको दायरामा ल्याउन समेत माग गरेको छ । ‘झुट्टा आरोप लगाई लोकिप्रयता कमाउने नाममा स्थानीय नागरिकलाई पक्राउ गर्ने कार्यमा संलग्न प्रहरीलाई अविलम्ब छानबिनको दायरामा ल्याई आवश्यक कारबाही गर्न हाम्रो संगठन नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौँ ।’ विज्ञप्तिमा लेखिएको छ, ‘अन्यथा हाम्रो संगठन देशव्यापी रुपमा कडाभन्दा कडा आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छौँ ।’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार