नेपाल लाइफ इन्स्योरेन्सको प्रदेश नं.२ का शाखा र उपशाखा प्रमुखहरुको बैठक सम्पन्न

उज्यालो प्रतिनिधि ५ आश्विन २०७८, मंगलवार २ नं. प्रदेश

सिरहा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रदेश नं.२ का शाखा र उपशाखा प्रमुखहरुको बैठक जनकपुरधाममा सम्पन्न भएको छ । ईन्स्योरेन्सलाई थप सबल बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले बताए । नेपाल लाइफ इन्स्योरेन्सका बरिष्ठ सहायक महा प्रबन्धक प्रमुख दिगविजय सिंघलले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।

ईन्स्योरेन्सले देशमा प्रथम स्थान हासिल गरेकोले यसलाई जोगाई राख्न लाग्नु पर्ने नेपाल लाइफ इन्स्योरेन्सका बरिष्ठ सहायक महा प्रबन्धक (राष्ट्रिय सेल्स) प्रमुख सिंघलले बताए । कम्पनीलाई थप मजबुत बनाउन अझै सशक्त भएर लाग्न शाखा र उपशाखा प्रमुखहरूलाई उनले निर्देशन दिए ।
उक्त कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स जनकपुर शाखाका प्रमुख संजय कामतको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बरिष्ठ सहायक महा प्रबन्धक दिगविजय सिंघलको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित भएका सम्पुर्ण शाखा र उपशाखा प्रमुखहरुले अफ्नो÷अफ्नो मन्तव्य राखेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार