कंचनपुर पुगेर पराजुलीले भने ‘ओली दलाल पुजीवादीको नाइके हो’

उज्यालो प्रतिनिधि ४ आश्विन २०७८, सोमबार मुख्य नेटवर्क

कंचनपुर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले नेकपा (एमाले) का अध्यक्ष खड्ग ओलीलाई दलाल पुजीपतिको नेता भएको बताएका छन् ।

अनेरास्ववियू र युवा संघ नेपालको कंचनपुर जिल्ला स्तरीय अगुवा कार्यकर्ताहरुको भेला कार्यक्रममा अध्यक्ष पराजुलीले नेपाल जस्तो कम्युनिस्टहरुको उर्भरभूमिमा खड्ग ओली जस्ता दलाल मानसिकता बोकेका व्यक्ति नेतृत्व तहमा पुगेकाले यस विरुद्ध एकजुट भइ लड्नु पर्नेमा जोड दिएका छन् ।

उनले थप भने ‘दलाल मफियाको संरक्षक गर्ने, भारतिय खुविया एजेन्सीका नाइके सामान्त गोयल्ससंग गोप्य सम्झौता गरेर राष्ट्रलाई बन्दक बनाउन खोज्ने, कम्युनिस्ट झन्डालाई विदेशी शक्तिहरुको अगाडी झुकाउने काम खड्ग ओलीबाट भएको हुदा उनी अब मात्रै दलाल पुजीपतिहरुको नेता भएको बताए । उक्त भेलाबाट अनेरास्ववियू कंचनपुरका संयोजकमा रमेश पन्त र सह-संयोजकमा प्रज्वल कुवरको नेतृत्वमा जिल्ला कमिटी गठन गरेका छन् भने हरिश पन्तको संयोजकत्वमा युवा संघ नेपाल गठन गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सुदेश पराजुली, विशेष अतिथिहरुमा युवा नेताहरू तारा लामा, लाल बहादुर खड्ग, नितेश पौडेल, माधव पन्त लगायत रहेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार