को बस्यो विश्व दोङको मनको डेरामा ? (भिडियो सहित)

उज्यालो प्रतिनिधि ४ आश्विन २०७८, सोमबार कला/साहित्य

काठमाडौं । चर्चित गायक एवं संगीतकार विश्व दोङको मनको डेरमा को बस्यो भन्ने चर्चा यतिबेला सांगीतिक बजारमा चल्न थालेका छन् ।

वास्तविक जीवनमा मनको डेरमा को छ त्यो गायक दोङ आफैले जानुन तर सांगीतिक दुनियाँको मनको डेरामा भने नव गायिका तबु वाइबाले स्थान पाएका छन् ।

विशेषगरी गीत संगीतमा पछिल्लो चरण विभिन्न विकृतिहरु मौलाउदै गइरहेका छन् । जस्तैः भाइरल हुने नाममा गीतको शब्द छनौटमा ध्यान नदिने देखि समाजले पचाउन नसक्ने दृश्यहरु भिडियोमा समावेश गरेर युट्युबाट डलर कमाउने आदि ।

यसरी गीतसंगितलाई कहाँ पुर्याउने हुन भन्ने चिन्ता गरिरहेको बेला गायक दोङले भने पछिल्लो चरण आफ्नो मौलिकतासंगै वर्गीय दृष्टिकोण उजागर हुनेगरी एकपछि अर्को गीतहरु बजारमा ल्याइरहेका छन ।

गायक दोङले गत शुक्रबार मनको डेरा बोलको गीत सार्वजनिक गरेका छन् । उक्त गीतमा तबु वाइबाले साथ दिएकी छिन् । गायक दोङकै शब्द संगीत र एरेन्ज रहेको उक्त गीतको भिडियोमा गायक दोङ र गायिका वाइबाले नै अभिनय गरेका छन् ।

बाक्लो रुपमा तामाङ गीत संगितका सृष्टहरुको उपस्थितिमा उक्त गीतको भिडियो सार्वजनिक गरेका थिए । गायक दोङको पछिल्लो चरण माया भन्दा ठुलो जात हैन, घुम्दै फिर्दै, घुम्नलाई आउँदा, तल तल बग्ने, लगायत दर्जनौं गीतहरुलाई दर्शक श्रोताहरुले अत्याधिक रुचाएका गीतहरु हुन ।

हेर्नुस् गायक दोङको ‘मनको डेरामा’ बोलको भिडियो

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार