हिलाम्मे हुँदा कर्णाली राजमार्गमा चल्ने सवारी साधनलाई सास्ती

कर्णाली । कर्णाली राजमार्गका विभिन्न सडकखण्डमा सडक नै हिलाम्मे हुँदा सो सडकमा चल्ने सवारीसाधनले सास्ती खेप्नुपरेको छ । उक्त राजमार्गअन्तर्गतको सिम्लेखोलामा हिलोले गाडी जाम हँुदा सवारी साधनदेखि यात्रुलाई दिनहुँ समस्या भइरहेको छ ।

सिम्लेखोलामा पुल निर्माण भए पनि सो क्षेत्रमा कालोपत्र हुनुपर्नेमा निर्माण व्यवसायीले समयमै काम नगर्दा दिनहुँ सवारी साधन जाम हुँदा यात्रुलाई सास्ती हुने गरेकोे छ । सिम्लेखोला पुल नजिकै हिलोले उकालोमा गाडी नआउँदा घण्टौँ लगाएर ट्र्याक्टरले उद्धार गर्ने गरे पनि यात्रुले दिनभर कुर्नुपरेको जुम्लादेखि नेपालगञ्ज जान लाग्नुभएकी यात्रु ममता नेपालीले बताए ।

सिम्लेखोलामा एउटा गाडी चढ्न दुई घण्टादेखि चार घण्टासम्म लाग्ने गरेको छ । बाटो बिग्रेर ठूला सवारी साधन तथा मालवाहक ट्रकलाई झन समस्या भइरहेको छ । सम्बन्धित निकायको ध्यान नजाँदा यो समस्या खडा भएको यहाँका स्थानीय बासिन्दा बताउँछन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार