वाइसीएल संयोजक देवकोटाको बस्नेतलाई प्रश्न ‘राजनीतिक उपलब्धिमा तपाईंको भूमिका के हो?’

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार मुख्य नेटवर्क

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका भातृ संगठन योङ कम्युनिस्ट लिग नेपालका संयोजक सुमन देवकोटाले सामाजिक संजाल फेसबुक मार्फत एमालेका केन्द्रीय सदस्य महेश बस्नेतलाई राजनीतिक उपलब्धिमा बस्नेत र एमालेको भूमिका माथि प्रश्न उठाएका छन् ।

नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको छैठौं केन्द्रीय बैठक एवम् राष्ट्रिय भेलामा बस्नेतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एमाले प्रवेश गर्न खुल्ला आह्वान गरेपछि संयोजक देवकोटाले बस्नेत माथि नेपालको राजनीतिक उपलब्धिमा बस्नेत र एमालेको भूमिका माथि प्रश्न गरेको हो ।

आज संविधान दिवस समेत रहेको हुदा यो देशको संविधान लेखन, संघीय गणतन्त्र,निति निर्माणमा समानुपातिक समावेशी प्रतिनिधित्व र सामाजिक न्याय स्थापित गर्न आफ्नो भूमिका कहाँ थियो, खोज्न आग्रह गरेका छन् ।

साथै संयोजक देवकोटाले खड्ग प्रसादको पछि लाग्दा लाजसरम भन्ने सबैले गुमाउनु पर्छ ? भनेर प्रश्न गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार