भोजपुरको मानेभञ्ज्याङमा पानीको समस्या हट्यो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार १ नं. प्रदेश

भोजपुर । पानीको अभाव झेल्दै आएका बासिन्दाको समस्या हटेको छ । विगत लामो समयदेखि पानीको समस्यामा रुमलिएका यहाँका स्थानीयसीको पिखुवा खोला मानेभञ्याङ लिफ्टिङ आयोजनाको काम समापन भएसँगै समस्या हटेको हो ।

पानीका कारण स्थानीयवासीले गाउँ नै छाड्दा यो ठाउँ प्राय खाली जस्तै बनेको छ । विगतमा ८७५ घर रहेकामा यहाँ अहिले ४२० घर मात्र बाँकी छन् । पानीको पर्खाईमा लामो समय बिताएका उहाँहरुको सपना अब भने पूरा भएको छ । रामप्रसादराई गाउँपालिका– ५ मा रहेको यो स्थानमा धेरै खेतीयोग्य तथा उर्वरभूमि छ ।

बस्ती छाडेर स्थानीयवासी बाहिर जाँदा धेरै जमिन बाँझिएका छन् । बस्ती उजाड बनेको छ । एक मात्र पानीको विकल्पमा बसेका स्थानीयवासीलाई तीन हजार २०० मिटर तल रहेको विखुवा खोलामा डिप बोरिङ गरेर पानी बस्तीसम्म पु¥याइएको हो । यहाँको पानीको समस्यालाई ध्यानमा राख्दै २०७३ साल जेठ महिनाबाट खानेपानी आयोजनाको काम सुरु गरिएको थियो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको रु १२ करोड ४५ लाख लागतमा खानेपानी आयोजनाको काम सम्पन्न गरिएको आयोजना उपभाक्ता समितिका अध्यक्ष दीपक तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका ४२० धारामा पानी पुगेको छ भने पानीलाई बस्तीसम्म लैजानका लागि मुख्य लाइनमा ४० हजार लिटर क्षमताका चार ट्याङ्की निर्माण गरिएका छन् ।

त्यस्तै बस्तीमा पानी वितरणको लागि ७५ र ५५ हजार लिटरको ट्याङ्की निर्माण गरिएको छ । त्यस्तै २० हजार लिटर क्षमताका छ शाखा ट्याङ्की निर्माण गरिएका छन् । अध्यक्ष तामाङले भने, “लामो समयको मेहनतले काकाकूल भएको बस्तीमा पानी खसाल्न सफल भएका छौँ, हाम्रो भेगमा आठ सय बढी परिवार थिए, तर पानीका कारण झण्डै ५० प्रतिशत घरपरिवारले बस्ती छाडे, अब बाँकी रहेका घरपरिवारको भने पानीको समस्या अन्त्य भएको छ, धेरैपछि भए पनि पानीको अभाव हटेको छ ।”

आयोजना सम्पन्न भए पनि यसको दिगो व्यवस्थापनका लागि मासिक रु २०० न्यूनतम शुल्क तोकिएको छ । त्यस्तै न्यूनतम शुल्क भन्दा बढी पानी उभोग गर्ने उपभोक्ताले प्रतिलिटर १५ पैसाका दरले शुल्क बुझाउने व्यवस्था गरिएको अध्यक्ष तामाङको भनाइ छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार