विश्व दोङ र तबु वाइवाको ‘मनको डेरा’ बजारमा

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार कला/साहित्य

काठमाडौं । गायक विश्व दोङ र तबु वाइवाको ‘मनको डेरा’ बोलको गीत सार्वजनिक गरिएको छ । शुक्रबार
काठमाडौँको बौद्धस्थित एक पत्रकार सम्मेलन गरी गायक तथा संगीतकार विश्व दोङको अफिसियल युटुब च्यानलमार्फत गीत सार्वजानिक हो ।

उक्त म्युजिक भिडियोलाई तामाङ कलाकार संघको संस्थापक अध्यक्ष एवम् वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको प्रमुख आतिथ्यमा उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रमुख आतिथ्यको रुप्मा सम्बोधन गर्दै वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङले सफलताको शुभकामना व्यक्त गरे ।

राजु तामाङले निर्माण, दिपेश प्रधानले मिक्सिङ गरेको उक्त गीतमा गायक एंव संगीतकार विश्व दोङको शब्द, संगीत र एरेञ्ज रहेको छ भने अभिनयमा पनि स्वयम् गायक दोङ र गायिका वाइवा रहेको छ ।

मोडल तथा निर्देशक अभि लामाद्वारा निर्देशित उक्त भिडियोलाई फरज अर्पणले छायांकन, ड्रोन क्याप्टेन सौगात धिताल रहेको छ ।
उक्त गीत सार्वजानिक कार्यक्रममा तामाङ कलाकार संघका संस्थापक उपाध्यक्ष तथा वरिष्ठ गायक रोज मोक्तान, चर्चित गायक प्रेम लोप्चन, तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाइवा, अतिथि गायक सुवास मोक्तान, शशिकला मोक्तान लगायत विशिष्ट व्यक्तीत्व,पत्रकार एंव कलाकारको बाक्लो उपस्थिती रहेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार