स्याङ्जा । नेकपा एकीकृत समाजवादी पार्टीमा यतिबेला आफुनिकट भातृसंगठनहरु गठन वा विस्तारका कार्यक्रमहरु तीब्र रुपमा
भैरहका छन । यसैबीच उक्त पार्टीको बिधार्थी भातृसंगठन अनेरास्ववियु स्याङ्जा जिल्ला कमिटी गठन गर्ने क्रममा नेकपा एमाले निकट भातृसंगठन अनेरास्ववियुका जिल्ला कमिटि सदस्य एवं अनेरास्ववियु वालिङ बहुमुखी क्याम्पसका सचिव विधार्थी नेता समिर रेग्मीको भावना विपरीत संगठनमा सहसचिवको पदमा नाम लेखिएकोमा विधार्थी नेता रेग्मीले घोर आपत्ति जनाएका छन ।उक्त संगठनले गत भाद्र २५ गते युनियन गठन गरेको थियो ।
उज्यालो नेटवर्क गण्डकी रिपोर्टर डिलु शर्मा संगको कुराकानीमा रेग्मीले उक्त युनियन गठन गर्ने दिन आफ्नो ध्यानदृष्टि नपुगेको र आफु नेकपा एमाले निकट अनेरास्ववियुप्रति सच्चा र बफादार रहेको समेत स्पष्ट पारेका हुन।उनले भनेका छन म अवसरबादी बनेर जन्म दिएको घरलाई लात हानेर न जाने बताएका छन। भोलिको दिन अझै धेरै संघर्ष गर्न बाकी छ गौरवमय इतिहासलाई जिवित राख्न महत्त्वपूर्ण भुमिका खेल्ने भन्दै रेग्मीले उक्त संगठनले अवैध रुपमा सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरहरू तत्काल हटाउन समेत अनुरोध गरेका छन।