आर्थिक मामिला तथा योजना मन्त्रीमा तामाङ नियुक्त

उज्यालो प्रतिनिधि १ आश्विन २०७८, शुक्रबार समाचार

गोदावरी ।   सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रीमा तारालामा तामाङ नियुक्त हुनुभएको छ । नेकपा (एकीकृत समाजवादी)को तर्फबाट तामाङ आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त हुनुभएको हो । यसैगरी आर्थिक मामिला राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त हुनुभएको छ ।

नव नियुक्त मन्त्री तामाङलाई प्रदेश प्रमुख गङ्गाप्रसाद यादव र राज्यमन्त्री बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनीयताको सपथ गराए लगत्तै दुवैले मन्त्रालय पुगेर पदभार सम्हानुभएको छ । तामाङ तत्कालीन नेकपा (एमाले)बाट कञ्चनपुरबाट निर्वाचित सांसद हुनहुन्छ भने बोहरा बझाङबाट समानुपातिक सांसद हुनुहन्छ ।

सुदूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ । मन्त्री तामा र बोहोरा दुबै नेकपा(एकीकृत समाजवादी) पार्टीमा आवद्ध हुनुहुन्छ । भदौ २२ गते अर्थमन्त्री प्रकाशबहादुर शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएपछि पद रिक्त थियो । प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, सभामुखसहित एमालेका ११, जसपा र लोसपाका एक÷एक सांसद छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार