असोजको पहिलो साताभित्र मन्त्रिमण्डल विस्तार हुन्छ : अध्यक्ष नेपाल

उज्यालो प्रतिनिधि १ आश्विन २०७८, शुक्रबार उज्यालो फोकस

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले असोजको पहिलो साताभित्र मन्त्रिमण्डल विस्तार हुने बताएका छन ।

शुक्रबार काठमाडौंमा एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले असोजको पहिलो साताभित्र मन्त्रिमण्डल विस्तार हुने र सवै मन्त्रालयले सहज रुपमा काम गर्ने बताए ।

यसअघिको सरकार दक्षिणपन्थी सरकार भएको भन्दै अध्यक्ष नेपालले वर्तमान सरकारले पूर्णरुपमा जनताका लागी काम गर्ने र आफ्नो पार्टीको पूर्ण सहयोग हुने जिकिर गरे । उनले निरंकुश र गलत बाटोमा गइरहेको सरकार जनताबाट त्यागिएको बताए ।

अध्यक्ष नेपालले सत्ता गठबन्धनलाई बलियो बनाउनका लागि आफ्नो तर्फबाट पूर्ण भूमिका खेल्ने उल्लेख गरे । अध्यक्ष नेपालले कतिपय व्यक्तिहरु अझै पनि अलमलमा परेको भन्दै छिटै एकीकृत समाजवादीमा आउने बताए ।

त्यस्तै नेता नेपालले असल व्यवसायबाट कमाएको धनलाई सहि उपयोग गर्न व्यवसायीलाई सुझाव दिए । उनले अहिले मिटर व्याजीका कारण केहि जनताले दुख पाएको भन्दै यसलाई निरुत्साहित गर्न सरकारको ध्यानाकर्षण गराएको बताए ।

उहाले पार्टीलाई शसक्त बनाउनका लागि आफ्नो ठाँउबाट सकारात्मक भूमिका खेल्न आह्वान पनि गरे ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार