बर्दिबास नगरपालिकाले गर्न नसकेको एउटा ग्राबेल, जुन एउटा व्यक्तिले गरेर देखाए

उज्यालो प्रतिनिधि ३१ भाद्र २०७८, बिहीबार उज्यालो फोकस

इशारा लामा/
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १० र ११ जोड्ने सडक बर्षयाममा हिलाम्मे हुँदा स्थानीय बासिन्दा सास्ती खेप्न बाध्य थिए ।

यतिसम्म कि हिलाम्मे सडकका कारण सर्वसाधारणलाई आवतजावत गर्न समेत समस्या थियो । ठूलाठूला खाल्डाखुल्डीका कारण स्थानीयलाई आवतजावतमा समस्या परेको थियो ।

हिलाम्मे सडक हुँदै जानुपर्ने खयरमारा यस्तो ठाउँ हो, जहाँ प्रदेश नं. २ कै नमुना प्राविधिक शिक्षालय स्थापित छ ।

खयरमारा जोड्ने यो सडक मर्मतका लागि जनस्तरबाट चर्को दबाब दिए । ११ नम्बरका वडा अध्यक्ष धनबहादुर लामा र नगर उप प्रमुख सुशीला गौतमले पटक(पटक उक्त सडक निर्माणका लागि नगरपालिकाका नगरप्रमुख विदुर कुमार कार्कीलाई आग्रह गरे ।

तर, नगर प्रमुख कार्कीले वडाध्यक्ष लामा र उपाध्यक्ष गौतमको कुरै सुनेनन् । स्थानीयको समस्यालाई बुझ्नै खोजेनन् ।

स्थानीय सरकारबाट कुनै किसिमको सहयोग नभएपछि अटो चलाउने अटोचालक र केहि व्यवसायहरु मिलेर साधारण खाल्डो पुर्ने काम भएको थियो । त्यसपछि आवातजावतमा सहज हुन थालेको थियो ।

तर पनि नियमित रुपमा सडक जीर्ण हुँदै गएपछि स्थानीय नेपाली काङ्ग्रेस निकटका युवाहरुले प्रलाद कुमार क्षेत्री समक्ष उक्त समस्या राखेपछि उक्त बनपथदेखि फारलाईनसम्म करिब ६ किलोमिटरको बाटो प्रलाद कुमार क्षेत्रीको व्यक्तिगत लगानीमा ग्राबेल बिछ्याउने कार्यको सुरु भएको छ ।

स्थानीय सरकारले नगरेको काम, एउटा व्यक्तिले गरेपछि स्थानीयस्तरमा उनको चर्चा भइरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार