हामी सबै जनताको घरदैलोमा पुग्ने हो भने माओवादी फेरि एक नम्बरको पार्टी बन्छ : प्रचण्ड

उज्यालो प्रतिनिधि ३० भाद्र २०७८, बुधबार मुख्य नेटवर्क

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी फेरि पनि एक नम्बरको पार्टी बन्ने बताएका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने र देशभक्त पार्टी माओवादी नै हो भन्ने जनताले बुझेको दाबीसमेत प्रचण्डको छ।

उनले यो कुरा आज पोष्टबहादुर बोगटीको सातौं स्मृति सभामा भनेका हुन्। ‘संगठन संरचना र विचार देशैभरि पुर्‍याएर जाने हो भने यो पार्टी फेरि पनि एक नम्बरको पार्टी बन्छ,’ प्रचण्डले भने, ‘शान्ति प्रक्रियामा आउनेवित्तिकै हामीलाई पाँच/सात सिट आउँछ भनेका थिए, एक नम्बरको पार्टी भयो।’

माओवादी ठूलो पार्टी बन्छ भन्ने कुरा त्यसबेला कसैले पनि नपत्याएको उनले उल्लेख गरेका थिए। माओवादीको बन्दुक छाडेपछि धेरै भोट ल्याउँदैन भन्नेहरूलाई पहिलो पार्टी बनेर जवाफ दिएको उनको भनाइ थियो।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार