५७ औं राष्ट्रिय बाल दिवस, देशभर विभिन्न कार्यक्रम गरी मुलुकभर मनाइयो

उज्यालो प्रतिनिधि २९ भाद्र २०७८, मंगलवार उज्यालो फोकस

काठमाडौँ । ५७ औं राष्ट्रिय बाल दिवस, देशभर विभिन्न कार्यक्रम गरी मुलुकभर मनाइएको छ ।

दिवसका अवसरमा बालबालिकाको अधिकार रक्षार्थ कार्यरत विभिन्न संघ संस्था तथा विद्यालयले अलग–अलग कार्यक्रम आयोजना गरेका छन् । त्यस्तै दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) बिभागको आयोजनामा वेबिनार माध्यमबाट नेपाली बालसहित्यको वर्तमान अवस्था बिषयक बिचार गोष्टि तथा प्रज्ञा बालकविता महोत्सव–२०७८ को आयोजना गरेको थियो । महोत्सवमा स्वदेशबाट २७ र विदेशबाट १३ जना बालकविहरुद्वाारा कविता बाचन गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बालबालिकाको भबिष्यले समाज र देशको भविष्य निर्धारण गर्ने बताए । उनले नेपालमा रहेका बालबालिकाको भविष्य उज्जवल बनाउन अभिभावक र अग्रजहरुले बहुआयामिक रुपमा उनीहरुलाई सहि बाटो देखाउनुपर्ने धारणा राखे ।

सरकारले हरेक बर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवस घोषणा गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । हरेक वर्ष बाल दिवस मनाईदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार हुन नसकेको गुनासो वालअधिकारकर्मीको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार