सिरियामा विदेशी सेना उपस्थितिको पुटिनद्वारा निन्दा

उज्यालो प्रतिनिधि २९ भाद्र २०७८, मंगलवार विश्व

काठमाडौँ । सिरियामा विदेशी सेना उपस्थितिको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले निन्दा गर्नुभएको क्रेमलिनद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ । सिरियाका राष्ट्रपति बसर अल असदसँग भएको अघोषित वार्ताका क्रममा निन्दा गर्नु भएको एएफपी समाचार समितिले प्रकाशन गरेको एक समाचारमा जनाइएको छ ।

सन् २०११ को मार्च महिनाबाट सरकार विरोधी प्रदर्शन भएसँगै भड्किएको सिरियाली संघर्षको दौरानमा मस्को असदको शासनकालको एक प्रमुख सहयोगीको रुपमा रहेको छ । सन् २०१५ मा रुसको सैन्य हस्तक्षेपले असदको पक्षमा युद्धको लहरलाई परिवर्तन गर्न मद्दत गरेको थियो । ‘मेरो विचारमा मुख्य समस्या यो हो कि विदेशी सशस्त्र सेनाहरु संयुक्तराष्ट्र संघको अनुमोदन बिना र तपाइँको अनुमति बिना देशका केही क्षेत्रहरुमा रहेका छन् – पुटिनले असदलाई बैठकमा भन्नु भो ।

सिरियामा जारी द्वन्द्वमा रुस र सिरियाको संयुक्त प्रयासलाई सराहना गर्दै पुटिनले भन्नु भो– उनीहरुको सेनाले विशाल भूभाग सरकारी नियन्त्रणमा फिर्ता लिएको छ ।आतंकवादीहरूले धेरै गम्भीर क्षति बेहोरेका र असदको नेतृत्वमा रहेको सिरियाली सरकारले देशको ९० प्रतिशत क्षेत्र नियन्त्रणमा लिएको पुटिनले बताए ।

सिरियाली नेताले असदले पुटिनलाई मस्कोमा भेट्नु एउटा ठूलो सम्मान भएको बताउनु भो । यस वैठकमा सिरियाका विदेश मन्त्री फैसल अल मेक्दाद र रुसका रक्षा मन्त्री सर्गेई शोइगुले वार्तामा सामेल हुनु भएको थियो । दुबै पक्षहरुबीच सिरियामा विदेशी हस्तक्षेप बिना राजनीतिक सम्झौताहरु हुनुपर्ने विषयमा छलफल भएको बताइएको छ ।

पुटिन र असदबीच “आर्थिक सहयोग“ को विषयमा पनि थप छलफल भएको बताइएको छ । सिरियाको लागि रुसले राजनीतिक र सैन्य समर्थन गर्दै आएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार