‘बजेटको प्रतिस्थापन विधेयक पारित नभएका कारण केहिदिन सरकारी खर्च रोकिन सक्छ’

उज्यालो प्रतिनिधि २९ भाद्र २०७८, मंगलवार मुख्य नेटवर्क

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्रतिस्थापन विधेयक पारित नभएका कारण केहिदिन सरकारी खर्च रोकिन सक्ने बताएका छन ।

मंगलबार संसद बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै उनले सरकारले सरकारी खर्च ५–७ दिन रोकिँदा फरक नपर्ने तर पेश्की खर्च नगर्ने स्पष्ट पारे ।

बिधेयक पारित गर्न छलफल गर्न सहमति खोज्ने प्रयास भएको र सहमति नभए प्रक्रियाबाटै पारित गर्ने उनले बताए । यसअघि ल्याएको बजेट अध्यादेश संसद चलेको अवस्थामा ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत पारित गर्नूपर्ने प्रावधान छ । जुन बुधबार सकिदैछ । संसदको अर्को बैठक असोज ४ गतेमात्र बोलाएको अवस्थामा त्यसअघि प्रतिस्थापन विधेयक पारित हुन नसक्ने स्पष्ट छ । अर्थमन्त्री शर्माले कर उठाउने विशेष व्यवस्था रहेको र त्यसैअनुसार कर उठ्ने जिकिर गरे । उनले बिधेयक पास भएपछि नियमित प्रक्रिया अघि बढ्ने धारणा राखे ।

त्यस्तै लोकतान्त्रीक समाजवादीका नेता लक्ष्मणलाल कर्णले प्रतिस्थापन बिधेयक सदनमा पेश भइसकेका कारण ६० दिनमा अध्यादेश अन्त्य नहुने उनको भनाई छ ।

वर्तनमा सरकारले ल्याएको ल्याएको बजेटसम्बन्धी प्रतिस्थापन बिधयेक सदनमा बिचाराधिन छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार