तीन स्थानीय तहमा ३३ लाखका स्वास्थ्य सामग्री प्रदान

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता पुष्पकुमार शाहीले जिल्लाका तीन वटा स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरेका छन । कोरोना सङ्क्रमणबाट जोगिन सहयोग पुगोस् भन्ने उद्देश्यले उहाँले रु ३३ लाखका स्वास्थ्य सामग्री निःशुल्क प्रदान गरेका छन ।

उनले दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका तथा पूर्वीचौकी गाउँपालिकामा क्रमशः रु ११÷११ लाख मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरेको हो । जिल्लाका नौवटै स्थानीय तहलाई व्यक्तिगतरुपमा आफूले निःशुल्क स्वास्थ्य सामग्री हस्तान्तरण गर्न लागेको नेता शाहीले बताए ।

उनले भने, “कोरोना जोखिमबाट जोगिन र स्वास्थ्य उपचारमा सहज होस् भनेर मैले निःशुल्क स्वास्थ्य सामग्री वितरण गरिहेको छु, जिल्लाका सबै स्थानीय तहमा उक्त सामग्री वितरण गर्नेछु ।” उनले वितरण गर्नुभएका स्वास्थ्य सामग्रीमा अक्सिजन कन्सट्रेटर मेसिन, अक्सिमिटर, पिपिइ सेट, सर्जिकल मास्क, एन ९५ मास्क, पञ्जा, स्ट्रेचर, स्यानिटाइजर लगायतका रहेका काँग्रेस नेता तथा दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार