मेस्सीले पेलेको कीर्तिमान तोडे

उज्यालो प्रतिनिधि २५ भाद्र २०७८, शुक्रबार खेल

एजेन्सी – अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले विश्व फुटबलका महान् हस्ती ब्राजिली लेजेन्ड पेलेको कीर्तिमान तोडेका छन् । दक्षिण अमेरिकी विश्वकप छनोटमा बोलिभियाविरुद्धको खेलमा ह्याट्रिक पुरा गर्दै मेस्सीले दक्षिण अमेरिकामा पेलेको नाममा रहेको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाएका हुन् ।

यसअघि दक्षिण अमेरिकामा ८० वर्षीय पेलेको नाममा ९२ खेलमा ७७ गोलको कीर्तिमान रहेको थियो । ६ पटकको बालोन डि ओर विजेता मेस्सीले १५३ खेलमा ७९ गोल गोल गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । मेस्सीले यसअघि गत डिसेम्वरमा एकै क्लबाट सर्वाधिक गोल गर्ने पेलेकै कीतिमान तोडेका थिए । पेलेले ब्राजिली क्लब सान्तोषका लागि ६४३ गोलको सर्वाधिक कीर्तिमान राख्दा मेस्सीले क्याटलान क्लब बार्सिलोनाबाट सर्वाधिक ६७२ गोल गरेका छन् ।

मेस्सीले बोलिभियाविरुद्धको खेलको १४औं मिनेटमा गोल गर्दै पेलेको कीर्तिमानलाई बराबरी गरेका थिए । ६५औं मिनेटमा मेस्सीले अर्काे गोल थप्दै पेलेको सर्वाधिक गोलको कीर्तिमान तोडेका हुन् । उनले ८९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि राष्ट्रिय टोलीबाट ७९ गोल गर्दै जाम्वियाका गुडफ्रे चितालुको ७९ गोललाई बराबरी गर्न सफल भए ।

३४ वर्षीय मेस्सी विश्व फुटबलमा सर्वाधिक गोलकर्ताको सुचीमा छैटौ स्थानमा समेत उक्लिन सफल भएको छ । उनले जाम्वियाका गुडफ्रे चितालुको ७९ गोललाई बराबरी गरेका छन् । विश्व फुटबलमा १११ गोलसहित पोर्चुगिज क्रिस्टियानो रोनाल्डो शीर्षस्थानमा रहेको छ ।

३६ वर्षीय रोनाल्डोले गत साता उत्तरी आयरल्यान्डविरुद्धको खेलमा दुई गोल गर्दै इरानका अली दाईले राखेको १०९ गोलको कीर्तिमान तोडेका थिए । ८९ गोलसहित तेस्रो स्थानमा मलेसियाका मोख्तर दाहारी तथा हंगेरीका फेरेन्क पुस्कास ८४ गोलसहित शीर्ष चारमा रहेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार