मेसीको ह्‍याट्रिकमा अर्जेन्टिनाको सहज जीत

उज्यालो प्रतिनिधि २५ भाद्र २०७८, शुक्रबार खेल

काठमाडौं । फिफा विश्‍वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनौटमा अर्जेन्टिनाले सहज जीत निकालेको छ । शुक्रबार विहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-० ले हराएको हो ।

अर्जेन्टिनाको जीतमा कप्तान लियोनल मेस्सीले ह्‍याट्रका गरे । पहिलो हाफमा १ तथा दोस्रो हाफमा २ गोल भएका थिए ।

खेलको १४औं मिनेटमा लियान पेरेडेसको एसिस्टमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अर्जेन्टिना १-० ले अगाडि रह्‍यो ।

दोस्रो हाफको ६४औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई पनि २-० ले अघि बढाए । ८८औं मिनेटमा ह्‍याट्रिक पूरा गरेसँगै अर्जेन्टिना ३-० ले विजयी भयो ।

राष्ट्रिय टोलीबाट मेस्सीको यो छैटौं ह्‍याट्रिक हो । जीतसँगै ८ खेलबाट १८ अंक भएको अर्जेन्टिना दोस्रो स्थानमा यथावत् रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार