महिलाकै सहभागितामा अग्रगामी संविधान जारी गरेका छौ : सांसद शर्मा

शिवु खनाल १९ भाद्र २०७८, शनिबार समाचार

दाङ ।  अखिल नेपाल महिला संघकि केन्द्रीय उपाध्यक्ष दामा शर्माले बेरोजगारीकै कारण महिला हिंसामा पर्ने गरेको बताउनु भएको छ । अखील नेपाल महिला संघ क्रान्तिकारीको लमही नगरपालिका स्तरीय भेलालाइ शम्बोधन गर्दै उनले महिला शशक्तिकरणको लागि चेतनाको बिकास हुनुपर्ने बताउदै चेतनाले, शिक्षाबाट रोजगारीमा संलग्न हुँदा शशक्तिकरणमा सहयोग पुग्ने बिश्वास व्यक्त गरे ।

उनले भने, हामी महिलाकै सहभागितामा अग्रगामि संविधान जारी गरेका छौ, तर पनि संविधानको कार्यान्वयन पुर्ण रुपमा नहुदा महिलाहरु हिसामा पर्ने गरेका छन्, अझैपनि महिलालाइ प्रलोभनमा पार्ने प्रयास हुने गरेकोले सचेत रहन समेत उनले महिलाहरुलाइ आग्रह गरे ।

लुम्बिनि प्रदेश आन्तरिक मामिला तथा कानुन समितिकि सभापति समेत रहनु भएका प्रदेश साँसद शर्माले कानुन निर्माणामा महिलाका अधिकार धेरै सुनिश्चित भएको भएपनि पुर्ण रुपमा कार्यान्वयनमै समस्या रहेको अब संविधानको कार्यान्वयनका लागि महिलाहरुको सकृयता आवश्यक रहेको बताए ।

उनले भने, हामी संविधानको कार्यान्वयन गरि अधिकार प्राप्त गर्न संघर्ष गर्नुपर्छ, गरेका पनि छौ । पछिल्लो समय लुम्बिनि प्रदेशमा सरकार परिबर्तनले एमालेमा भुईचालो गएको सरकार परिवर्तनले संघियताको कार्यान्वयन सघाउ पुग्ने बिश्वास ब्यक्त गरे । प्रदेश सरकारबाट अब जनमुखि काम गर्दै महीलाको पक्षमा काम गर्ने दाबि गरेनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा महिला नेतृ नारायणी शर्माले महिलाको भूमिका हरेक परीबर्तनमा निर्णयाक भएको भन्दै महिलाको राजनितिमा सहभागिता बढन आवश्यक रहेको बताए । उनले भने, महिला सधै चुलो चौकामा होइन, राजनितिमा सहभागी हुन आवश्यक छ, त्यसको नेतृत्व माओवादीले गर्छ ।

अखिल नेपाल महिला संघ क्रान्तिकारी लमहि नगर कमिटि अध्यक्ष माया घमालको अध्यक्षतामा र संघिकि केन्द्रीय उपाध्यक्ष दामा शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माओवादि लमही नगर सचिव वसन्त शर्मा बिक्रान्त ,संघकी जिल्ला अधयक्ष वालिका शर्मा लगायतले प्रशिक्षणात्मक मनतव्य राख्नु भएको थिए । कार्यक्रमको सहजिकरण जया रावलले गर्नु भएको थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार