दाङमा अढाई माछाले टोकेर एकजनाको मृत्यु

शिवु खनाल १९ भाद्र २०७८, शनिबार समाचार

दाङ । अढाई जातको माछाले टोक्दा दाङमा एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर १ सुन्डबरी निवासी ४९ वर्षिय खिमबहादुर घर्तीको अढाई माछाले टोकेरे उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो दुईबजे घर नजिकैको कुलोमा अढाई माछा छोपेर मुखले माछाको टाउको थिचेर घाइते बनाइ प्लास्टिकमा राखेका थिए र केही बेरपछि घर्ती एक्कासी बेहोस भइ उपचारको लागि लमही अस्पतालमा मृत्यु भएको हो ।

खाना खाएर दिउँसोको समयमा माछा मार्न भनी घर नजिकैको कुलोमा श्रीमती र श्रीमान् दुबैजना पुगेका थिए । शवलाई अहिले पोष्टमार्टमको लागि लमही अस्पतालको शव गृहमा राखिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार