आर्थिक सहायता र चन्दाका नाममा जथाभावी ६२ करोड वितरण

उज्यालो प्रतिनिधि १९ भाद्र २०७८, शनिबार फोटो समाचार

काठमाडौं ।   विभिन्न स्थानीय तहले आर्थिक सहायता र चन्दाका नाममा आफूखुसी ६२ करोड ३ लाख १० हजार रुपैयाँ वितरण गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहको रकमबाट आर्थिक सहायता, चन्दा पुरस्कार एवं संस्थागत अनुदान वितरण गर्न पाउने व्यवस्था छैन तर, कानुनमा कुनै व्यवस्था नभए पनि स्थानीय तहले आफूखुसी ६२ करोड बढी रकम वितरण गरेको पाइएको हो ।

 

महालेखा परीक्षकको ५८औं प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७७९७८ मा देशभरका ४ सय ३६ स्थानीय तहले विभिन्न व्यक्ति तथा संस्थालाई नियमविपरीत ६२ करोड ३ लाख १० हजार रुपैयाँ वितरण गरेका हुन् ।

महालेखाले स्थानीय तहको त्यस्तो मनलाग्दी खर्चमा नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याएको छ । बिनाकानुन र नियम आफूखुसी आर्थिक सहायता वितरण गर्ने कार्य भ्रष्टाचार नै हुने महालेखाका अधिकारीको दाबी छ । यस विषयमा अख्तियारले छानबिन गर्नुपर्ने सुझाव महालेखाको छ ।

महालेखाका अनुसार सो अवधिमा विभिन्न २ सय २५ वटा स्थानीय तहले विभिन्न संघ, संस्था, समूह, क्लबलगायतलाई पर्व, जात्रा, संस्कृतिलगायतमा २१ करोड २२ लाख ३६ हजार रुपैयाँ भुक्तानी दिएका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार