पोखरी (पानी मुहान) बाट वन्यजन्तुलाई पानी खुवाइसक्यौँ : वन कार्यालय

शिवु खनाल १७ भाद्र २०७८, बिहीबार समाचार

दाङ ।   देउखुरीका सामुदायिक वन क्षेत्रमा वन्यजन्तुको संख्या प्रतिवर्ष बढ्दै जान थालेको छ । संरक्षण क्षेत्रमा पोखरी (पानी मुहान) निर्माण गरेसंगै वासस्थान र आहारमा सुधार गरिएपछि देउखुरी क्षेत्रका विभिन्न सामुदायिक वनमा वन्यजन्तुको संख्यामा प्रतिबर्ष वृद्धि हुदै जान थालेको हो । डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीका प्रमुख बेसिन्द्रराज सुबेदीका अनुसार वन्यजन्तु संरक्षण क्षेत्रमा पोखरी (पानी मुहान) निर्माण गरेसंगै विभिन्न प्रजातीका वन्यजन्तुका एक हप्तादेखि पाँच महीनासम्मका बच्चाहरु अनुगमनका क्रममा वन क्षेत्रमा देखा परेको बताए ।

पानी मुहान क्षेत्रमा वन्यजन्तुको चहलपहल बढ्दै गएको छ । वन्यजन्तुको संख्या बढ्दै जानथालेपछि डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीले निर्माण गरेको पोखरी (पानी मुहान)का छेउछाउमा दिनप्रतिदिन विभिन्न प्रजातीका वन्यजन्तुहरु देखा परेको र पानी पिउनको लागी पोखरीको प्रयोग पनि उतिकै बढ्दै जानथालेको प्रमुख सुबेदीले बताए ।

वन्यजन्तुलाई पानीको व्यवस्था गर्न संरक्षण क्षेत्रमै पोखरी निर्माण गरिएका छन् । त्यतीमात्र नभएर पर्यटकलाई आवागमनमा सहजता प्रदान गर्न पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ एक किलोमिटर पारीजात सामुदायिक वनमा वन्यजन्तुलाई हेर्न वनको चारलाख ४५ हजार बजेटमा मचानको समेत व्यवस्था गरिएको छ । देउखुरीका विभिनन सामुदायिक वनमा चितुवा, मृग, स्याल, बाँदर, खरायो लगायतका वन्यजन्तुहरु रहेका छन् भने काग, मयुर, तित्रा, कालिज, ढकुर लगायतका पंक्षीहरु यो जंगलमा बसोबास गर्ने गर्दछन् । यिनै जीवजन्तुहरुलाई पानी पिलाउनको लागि यो वन क्षेत्रमा पोखरीको निर्माण गरिएको डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीका प्रमुख बेसिन्द्रराज सुबेदले बताए ।

उनले वन कार्यालयको ३४ लाख बजेटमा विभिन्न समुदायिक वनमा क्षेमा वन्यजन्तुको लागी आठवटा पोखरी पानी मुहान निर्माण गरिएको बताए । हिउँदको समयमा पानी पिउनको लागि वन्यजन्तुहरु खोला किनारमा झर्नुपर्ने र त्यस्तो अवस्थामा वन्यजन्तुहरु सिकारीको फन्दामा परी मारिने भएका कारण पनि यो पोखरी बनाउनु परेको प्रमुख सुबेदीको भनाइ छ । हामीले हाम्रो लक्ष्य अनुसार वन्यजन्तुलाई पानी खुवाइसक्यौँ । हाम्रो लक्ष्य पुरा भयो, प्रमुख सुबेदीले भने । हाल निर्माण गरिएका पोखरी मानव वस्तीबाट टाढा रहेको छ । पोखरी भन्दा करिब एक किलोमिटर टाढा बाट मूल सडक गएको छ, त्यसैले पनि यो ठाउँ वन्यजन्तुहरुका लागि पानी पिउन उचित समेत रहेको छ ।।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार