दाङको सिस्नेखोलाले बगाउँदा ४ महिलाको मृत्यु

उज्यालो प्रतिनिधि १७ भाद्र २०७८, बिहीबार प्रदेश खबर

दाङ । दाङमा खोलाले कार बगाउँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना महिला बेपत्ता भएका छन् । उक्त कार गएराती पौने दश बजेकाे समयमा घाेराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्नेखाेलाले बगाएको हो ।

नेपालगंजबाट घाेराही जाँदै गरेकाे प्र ३-०१-२४ च ४४४० नम्बरको कार सिस्ने खाेला क्रस गर्दै गर्दा खाेलामा आएकाे बाढिले बगाउदा कार चालक घोराही १५ निवासी वर्ष ४३ को नरबहादुर पुनलाई घटनास्थल देखि १ किलोमिटर टाढा खाेलामा बगिहेकाे अबस्थामा प्रहरीले फेला पारी उद्दार गरेको थियो । पुनको खुट्टा भाँचिएको छ।

त्यस्तै कारमा सवार घोराही १३ निवासी वर्ष ३२ कि शुसिला श्रेष्ठ र १४ निवासी वर्ष २९ कि राधिका कुवरको मृत्यु भएको छ ।

सिस्नेखोलामा आएको बाढीले बगाउँदा घाेराही १३ बस्ने बर्ष ४० की रितामाया पुन र १४ बस्ने बर्ष ४० कि बिमला केसी बेपत्ता भएका थिए ।

बेपत्ता भएकाहरुको शब प्रहरीले आज बिहान ३ बजे घोराही बेलुवा स्थित खोलाको किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार