झापामा कांग्रेसको वडाधिवेशन एकदिन ढिलो

उज्यालो प्रतिनिधि १५ भाद्र २०७८, मंगलवार १ नं. प्रदेश

झापा । नेपाली कांग्रेस पार्टीको वडा अधिवेशन यही भदौं १८ गते देशव्यापी हुने भनिए पनि झापामा भदौं १९ गते मात्र प्रारम्भ हुने भएको छ ।

आन्तरिक व्यवस्थापनका लागि समय अपुग भएका कारण भदौं १९ गते मात्र अधिवेशन प्रारम्भ हुने आज बसेको जिल्लाको विस्तारित बैठकले निर्णय गरेको जिल्ला सभापति उद्धव थापाले बताउनुभयो । अधिवेशनका लागि केन्द्रबाट निर्वाचन अधिकृतको रुपमा सुबोधबाबु चिलवाल आउनुभएको छ । बैठकमा जिल्ला कार्यसमिति, सङ्घीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, गाउँ÷नगरका सभापतिहरुको सहभागितामा रहेको थियो ।

सहमति, सहकार्य र एकता प्रदर्शन गर्दै झापाको निर्वाचन उदाहरणीय बनाउन आग्रह गर्नुभएका चिलवालले निर्वाचनका लागि भएको प्रतिस्पर्धालाई गुटगत राजनीतिमा परिणत नगरी सङ्गठन बलियो बनाउन बैठकमा आग्रह गर्नुभएको थियो । सभापति थापाले निर्वाचन आचारसंहिता, मतदान अधिकृतको काम कर्तव्य, जिम्मेवारीका विषयमा जानकारी दिनुभएको थियो । जिल्लाको विभिन्न तहको निर्वाचनमा डेमोक्रेटिक लयर्स एशोसिएशन, नेपाल प्रेस युनियन र नेपाल शिक्षक सङ्घ आबद्ध पदाधिकारी÷सदस्यलाई निर्वाचन÷मतदान अधिकृतको रुपमा केन्द्रीय निर्देशनअनुरुप खटाइने भएको छ ।

निर्वाचन समितिले १३१ वडाकै मतदान अधिकृतलाई भदौं १८ गते नै खटाउने, सम्बन्धित वडामा पठाउने र निर्वाचन प्रक्रियामा कोभिड–१९ लाई ध्यानमा राखेर सुरक्षाका सम्पूर्ण उपायलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार