नेपालकी पलेशाले बेलायती खेलाडीसँग प्रतिस्पर्धा गर्ने

उज्यालो प्रतिनिधि १५ भाद्र २०७८, मंगलवार फोटो समाचार

काठमाडौँ ।   टोकियो–२०२० पारालिम्पिकमा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले आफ्नो पहिलो चरणको खेलमा बेलायती खेलाडी बेथ मुनरोसँग प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

आज सार्वजनिक भएको ड्र अनुसार पलेशाले के ४४ क्याटगोरीअन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा बेलायती खेलाडी बेथसँग प्रि क्वाटर फाइलनमा खेल्ने पक्का भएको हो । पलेशाको खेल शुक्रबार बिहान हुनेछ । उनको तौल समूहमा कूल ११ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पलेशाले बेलायती खेलाडीलाई हराएरमा क्वाटर फाइनलमा टर्कीकी गाम्जे गुर्डलसँग खेल्ने छिन् । नेपालबाट पारालिम्पिकमा पलेशाले वाइल्ड कार्डबाट स्थान बनाएकी हुन् ।

एशियन च्याम्पियनसिपमा काश्य विजेता पलेशाले विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेकी छिन । पारालिम्पिकमा सहभागिता जनाउन एक खेलाडीसहित छ सदस्यीय नेपाली टोली यसअघि नै जापानको टोकियो पुगिसकेका छन् । पारालिम्पिकमा कविराज नेगी लामा प्रशिक्षक, दीपक विष्ट अफिसियल, सरोज श्रेष्ठ सेफ दि मिसन, डा दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रुपमा सहभागी भएका छन् ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार