वर्षाले देउखुरीका विभिन्न क्षेत्र डुबानमा, उद्धार कार्यमा तयारी रहन सुरक्षाकर्मीलाई निर्देशन

शिवु खनाल ११ भाद्र २०७८, शुक्रबार समाचार

दाङ । लगातार परेको अविरल वर्षाका कारण देउखुरीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । राप्ती नदीको तटीय क्षेत्रमा रहेका बस्तीहरु लगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाब बढेपछि डुबान सुरु भएको हो ।

वर्षाका कारण देउखुरीका विभिन्न क्षेत्र डुबान भएतापनि अहिलेसम्म मानवीय क्षति भएको छैन ।निरन्तरको वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् । बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैगरी गए रातिदेखि परेको अविरल वर्षाले देउखुरीका आसपासको क्षेत्र जलमग्न भएको छ । निरन्तर परिरहेको वर्षाले लमही, राजपुर, राप्ती र गढवा गाउँपालिकाका विभिन्न स्थानमा पानी जमेर जलमग्न भएको हो । पानी जमेपछि पैदलयात्रीलाई आवतजावतमा समस्या भएको छ । निरन्तरको वर्षाले रोल्पा र प्युठाउन जिल्ला जलमग्न भएको छ । त्यहाँको पानी दाङको राप्ती नदीमा आइपुग्न करिब आठ घण्टा लाग्छ, दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले भने, ‘राप्ती नदीको पानीको सतह तीन मिटर पुगेको छ । देउखुरीमा साढे पाँच मिटर सतह पुग्नेबित्तिकै राप्ती नदीको तल्लो तटीय क्षेत्रका दर्जनौँ गाउँ डुब्छन् । वर्षाले डुबानको जोखिम बढाएपछि स्थानीय प्रशासनले उद्धार कार्यमा तयारी रहन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार