रौतहटका ब्लड क्यान्सरबाट पीडित घिसिङद्धारा सहयोगको याचना

उज्यालो प्रतिनिधि १० भाद्र २०७८, बिहीबार २ नं. प्रदेश

काभ्रे । रौतहट जिल्लाको गुजरा नगरपालिका–२ कटानीका २७ वर्षीय निमा घिसिङको उपचारका लागि सहयोग गरिदिन परिवारले अपिल गरेको छन् । परिवारले ब्लड क्यान्सरबाट पीडित घिसिङलाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएका हुन् ।

पीडितका दाजु वीरमान घिसिङका अनुसार ब्लड क्यान्सर पीडितको २ हप्ता देखि भरतपुर चितवनस्थित सेन्ट्रल हस्पिटलमा उपचार भइरहेको छ । त्यस्तै बुबा रत्न बहादुर घिसिङले छोराको उपचारमा धेरै रकम खर्च भइसकेको बताए । चिकित्सकको भनाइ अनुसार शरिरमा भएको रगत सबैे परिवर्तन गर्नु पर्ने भएपछि खर्च धेरै लाग्ने भएकोले आर्थिक समस्या भएको हो ।

अहिलेसम्म जेनतेन गरी नियमित उपचार गर्दै आएको घिसिङ परिवारलाई आर्थिक संकट आइलागेको छ । उनको परिवार सामान्य कृषि पेसा गर्दै आएको छ । घरको आर्थिक अवस्था कमजोर रहेको घिसिङ परिवारलाई धेरै खर्च हुने भए पछि सबैलाई सहयोगको लागि अपिल गरेका छन् ।

‘सहयोग गर्न चाहने सहयोगी मनहरुले सहयोग गरे निमाले पुर्नजीवन पाउँथे, त्यसैले सहयोगको अपिल गरेका हौं’, उनका दाइ विरमान घिसिङले भने । ब्लड क्यान्सर जस्ता घातक रोग लागेपछि सबै रगत परिवर्तन गर्नुपर्ने भएकोले उपचारका लागि आर्थिक अभाव भएपछि इच्छुक व्यक्ति तथा संघ संस्थाहरूलाई सहयोग गर्न आग्रह गरेको छ ।

सहयोग गर्न चाहनाले हरुको लागि बिरामीको दाइ विरमान घिसिङको मोबाइल नम्बर ९८२५२६०९४०, ९८२५२०२७५७ वा मोहन दोङ ९८४३७७१५५२ मा सम्पर्क गरेर बिस्तृत जानकारी लिन सक्नेछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार