आार्थिक क्रान्तिका लागि युवाको भूमिका महत्वपूर्ण : मन्त्री बराल

गण्डकी । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) ले मुलुकमा आर्थिक क्रान्ति गर्नका लागि युवा सङ्गठित हुनुपर्ने बताएका छन ।

योङ कम्युनिष्ट लिग (वाइसिएल) पोखरा– २२ को भेलामा उहाँले उत्पादनसँग युवालाई जोडिनुपर्ने आवश्यकता औल्याए । “अबका युवा सामूहिक उद्योग तथा व्यवसायसँगै उत्पादनमा जोडिनुपर्छ, मुलुक उत्पादनमा आत्मनिर्भर नभइ आर्थिक विकास सम्भव हुँदैन”, उनले भने, “युवाले व्यक्तिगत नभइ समाज र राष्ट्रको हितमा काम गर्नुपर्दछ ।”

वाइसिएलका केन्द्रिय सचिव विनय थापाले यही भदौ १२ र १३ गते काठमाडौँमा भर्चुअल माध्यमबाट वाइसिएलको भेला हुन गहिरहेको जानकारी दिँदै कोभिड– १९ का कारण धेरै भिडभाड र जम्काभेट गर्न नसकिएको बताए ।

पोखरा–२२ वाइसिएलका अध्यक्ष हेमराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माआवादी केन्द्र पोखरा–२२ का इन्चार्ज त्रिभुवन पौडेल, पार्टी अध्यक्ष चण्डीकाप्रसाद बराललगायतले मुलुकको निर्माणमा युवाको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार