‘स्कुल विभाग माओवादीको भागमा परे ठीकै छ, एमालेको भागमा परे म छाड्दिन’

१२ श्रावण २०७६, आईतवार १३:१८ मा प्रकाशित
उज्यालो संवाददाता

वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसालले स्कूल विभाग एमालेको भागमा परेको खण्डमा आफुले नछाड्ने बताएका छन् ।

वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले माओवादीको भागमा परेको खण्डमा भने आफ्नो दावीदारी नरहने प्रष्ट पारेका छन् ।

‘एमालेको भागमा स्कुल विभाग परेको खण्डमा पहिलो दावेदार म हुँ, र म छाड्दिन, तर सहमतिका क्रममा स्कुल विभागको नेतृत्व पूर्वमाओवादीको भागमा परेमा एकताका लागि त्यसलाई मैले स्वीकार गर्नुपर्छ ।’

पार्टीको स्कुल विभागमा ९ औं राष्ट्रिय महाधिवेशनदेखि आफ्नो स्वभाविक दाबी रहेको बताएका छन् । पूर्वएमालेले स्कुल विभाग पाएमा स्वतः त्यसको नेतृत्वको आफु दावेदार भएको बताउँदै उनले यसै निहुँमा एकता अलमलाउन नहुने बताएका छन् ।

पार्टीका अध्यक्षद्वयले ब्यवस्थापन गर्न नसेकेका कारण स्कुल विभागको नेतृत्व टुङ्गिन नसकेको बताए । पार्टी एकता प्रक्रिया तिब्रता दिन यस्ता विषयमा सामाधनहरु निकाल्दै जानुपर्ने उनले बताए ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार