यस्तो षड्यन्त्र गरी फसाएका रहेछन पत्रकार मोजबुलहालाई

उज्यालो प्रतिनिधि ५ भाद्र २०७८, शनिबार २ नं. प्रदेश

अमित ठाकुर, रौतहट । रौतहटमा रक्षक नै भक्षक बनेपछि प्रहरीमाथी प्र्श्न उठेको छ । सदरमुकाम गौरमा अदालत पछाडि रहेको एक होटलमा रौतहट एक्प्रेसका संचालक मो.मजुबुलहालाई खाजा खुवाउन बोलाएर योजनाबद्ध तरिकाले फसाएको सिसि टिभी क्यामेराका भिडियोले प्रमाणित भएको छ ।

गत सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको घुमुवा टोलीले पत्रकार मोजबुलहालाई लागुऔषधसहित पक्राउ गरेको थियो। तर अदालत पछाडि रहेको एक होटलमा खाजा खान आएकोे पत्रकार मोजबुलहाको मोटरसाइकलमा केही व्यक्तिको ईसारामा केही ब्यक्तिले करिब २ घण्टाको कसरतमा लगभग ५-६ जनाको टोलीले पत्रकार मोजबुलहालाई जवरजस्ती फसाएको नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेम चन्द्र झाले बताएका छन्।

नेपालको चौथो अंगको रुपमा रहेको पत्रकारलाई केही ब्यक्तिले आफ्नो स्वार्थ पूरा गर्न पत्रकारलाई नै बदनाम गर्न खोजी पत्रकार मोजबुलहालाई फसाएको आज एक कार्यक्रम बिच सिसिटिभी भिडियोबाट खुलेको हो। सो सिसिटिभि भिडियो सार्वजनिक नगर्न प्रहरीको दवाब आएता पनि पत्रकार जगतलाई बदनाम हुन नदिन सो भिडियो आज एक कार्यक्रम बिच सार्वजनिक गरेका छन्। पत्रकार मोजबुलहाले आफ्नो मोटरसाइकल सो होटल अगाडि पार्किङ गरि खाजा खान गएको बेला मोटरसाइकलमा केही ब्यक्तिले लागुऔषध राखि फसाएको सिसिटिभी भिडियोले प्रस्ट पारेको हो।

पत्रकारलाई यस्तो फसाउनु निन्दनीय हो यस्ता फसाउने जोकोहीलाई तुरुन्तै पक्राउ गरि कार्वाही गर्न प्रहरी प्रधान कार्यालयसंग नेपाल पत्रकार महासंघले माग गरेका छन्। पत्रकार मजबुलहालाई रिहा नगरे कडा आन्दोलनमा उत्रिने नेपाल पत्रकार महासंघ रौतहटले चेतावनी समेत दिएका छन्।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार