मिर्चैयामा महान सहिद क.रामवृक्ष यादवको २७ औं स्मृति मनाईयो

उज्यालो प्रतिनिधि ३ भाद्र २०७८, बिहीबार २ नं. प्रदेश

गणेश कुमार शाह, सिरहा । तत्कालिन नेकपा माओवादीका ११ वर्षे जनयुद्धको पूर्वसन्ध्याका सहिद एवं क्रान्तिकारी नेता मास्टर साहेव,क.रामवृक्ष यादवको २७ औं स्मृति दिवस मिर्चैया नगरपािलका वडा नं.५मा रहेको श्री मोहन मा.वि.विधालयको प्राङ्गमा कार्यक्रम गरी मनाईयो ।
ने.क.पा.माओवादी केन्द्र प्रदेश नं.२ का प्रदेश कमिटि सदस्य र मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादबले महान सहिद क.रामवृक्ष यादवको तस्विरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका छन् । ने.क.पा.माओवादी केन्द मिर्चैयाले महान सहिद क.यादवको स्मृति दिवसमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजन गरेको थियो ।

महान सहिद क.रामबृक्ष यादब गरीब जनताहरुको रगरगमा भिजेको थियो । प्रत्येक साल ठुलो महोत्सवको रुपमा मनाउदै आईरहेको दिवस यस वर्ष कोरोना महामारीको कारणले गर्दा सानै आकारमा भए पनि मनाउन पछि नपरेका ने.क.पा.माओवादी केन्द्र प्रदेश नं.२ का प्रदेश कमिटि सदस्य र मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादबले बताए ।

यस्तै कार्यक्रममा मिर्चैया नगरपालिकाका उप–नगर प्रमुख जिवछी देवी साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा ने.क.पा.माओवादी केन्द्र प्रदेश नं.२ का प्रदेश कमिटि सदस्य र मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादब,बिशिष्ट अतिथिको रुपमा ने.क.पा.माओवादी केन्द्र प्रदेश नं.२ का प्रदेश कमिटि सदस्य चन्दे यादब ,संचारकर्मीहरुलगायतका पार्टीका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार