सामाजिक सुरक्षा अनुदान बाहेक ताप्लेजुङ जिल्लाको कुल बजेट ३ अर्ब माथी

उज्यालो प्रतिनिधि २९ श्रावण २०७८, शुक्रबार १ नं. प्रदेश

प्रिशा बस्नेत,ताप्लेजुङ । ताप्लेजुङ जिल्ला एक दुर्गम पहाडी जिल्ला हो । जसमा ८ गाउँपालिका र १ नगरपालिका रहेका छन् । जस्मा ६१ वटा वडा रहेका छन । प्रतेक स्थानीय तहले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् ।काेभिड १९ का कारण रोकिएको सिदिङ्वा गाउँपालिकाले पनि बजेट सार्वजनिक गरेको छ । ताप्लेजुङका स्थानीय तहको आगामी आर्थिक बर्सका लागि सामाजिक सुरक्षा अनुदान ८ करोड बहेक ३ अर्ब ५३ करोड ७६ लाख ९९ हजार १ सय ९० रुपैयाँ रहेको छ ।

जस्मा गाउँपालिका मध्ये सिरिजंघा गाउँपालिकाको सबै भन्दा बढि रहेको छ । ५० करोड ५७ लाख रुपैयाँको बजेट सिरिजंघा ल्याएको हो। क्षेत्रफलको हिसाबले ताप्लेजुङको सबैभन्दा ठुलो गाउँपालिका दुर्गम र सिमावर्ती मानिएको फक्ताङ्लुङ गाउँपालिकाले ४३ करोड ७७ लाख ७७ हजार बजेट ल्याएको छ ।त्यस्तै गरि मिक्वाखोला गाउँपालिकाले ३३ करोड ८० लाख १२ हजार रुपैया, सिदिङ्वा गाउँपालिकाले ४२ करोड २ लाख २९ हजार रुपैयाँ , आठराई त्रिवेणी गाउँपालिकाले ४४ करोड ३० लाख ९३ हजार ९ सय ८० रुपैया ,मैवाखोला गाउँपालिकाले ३४ करोड ७३ लाख ४९ हजार रुपैया ,पाथीभरा यङ्वरक गाउँपालिकाले ४२ करोड २९ लाख ६८ हजार २ सय ९० रुपैया ,मेरिङ्देन गाउँपालिकाले ४१ करोड १६ लाख २३ हजार रुपैया र ताप्लेजुङ जिल्लाको एक मात्र नगरपालिका फुङ्लिङ नगरपालिकाले सामाजिक सुरक्षा अनुदान बाहेक ६३करोड ३९ लाख १५ हजार २ सय १० रुपैयाँको नीति,कार्यक्रम तथा बजेट ल्याएको छ । जस्मा नगरपालिकाले संघीय सरकारबाट ८ करोड रुपैयाँ सामाजिक सुरक्षा अनुदान प्राप्त हुने अनुमान गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार