जिल्ला अस्पतालमा चरम लापरबाही बढेको भन्दै जनमत संघ रौतहटद्वारा आन्दोलन !

अमित ठाकुर २७ श्रावण २०७८, बुधबार २ नं. प्रदेश

रौतहट।  जिल्ला अस्पताल गौरको रवैया सुधार गर्न विभिन्न माग राख्दै जनमत पार्टीको भातृ संगठन युवा जनमत संघ रौतहटको आयोजनामा सान्तिपुर्ण आन्दोलन आज सम्पन्न भएको हो।पार्टीका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रकाशन विभाग प्रमुख ललित मल्लिक शानू को प्रमुख सहभागितामा विभिन्न मागका साथ आन्दोलन सम्पन्न भएको हो। जनमत पार्टी रौतहटको निवर्तमान जिल्ला ईन्चार्ज बिनय कुमार वर्मा, जनमत पार्टी रौतहटको जिल्ला सचिव बिकास कुमार यादव को विषेश सहभागितामा र जनमत पार्टीको भातृ संगठन युवा जनमत संघ जिल्ला परिचालन समिति रौतहटको जिल्ला संयोजक ज्वाला रणवीर (बिबेक)को नेतृत्वमा विभिन्न ११बुन्दे माग सहित जिल्ला अस्पताल गौर र जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएको हो। गुप्ता पेट्रोल पम्प देखि सयौंको संख्यामा सुरु गरिएको सान्तिपुर्ण आन्दोलन जिल्ला अस्पताल गौर र जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएपछि आन्दोलन सम्पन्न गरिएको युवा नेता बिवेक झाले बताए। जिल्ला अस्पतालको सुधारको माग सहित कडा नाराबाजी का साथ बृहद रैली प्रदर्शन सहित जिल्ला अस्पताल गौरमा एक महिना भित्र सम्पुर्ण समस्या सुधार नगरे कडा आन्दोलन गर्ने चेतावनी सहित जिल्ला प्रशासन कार्यालय मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश नंबर २ का समाजिक बिकाश मन्त्रालयमा ज्ञापन पत्र बुझाएको हो। जिल्ला अस्पताल गौरमा चरम लापरबाही बढेको र करोडौंको बजेटको सदुपयोग नभई दुरुपयोग भएको भन्दै तुरुन्तै सो बिषयमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय संग स्थानीयहरुले माग गरेका छन्। पहिलो चरणको कोभिड-१९ मा २५ लाख भन्दा बढी खाजा खाना र पानी ब्यवस्थापनमा खर्चेको हो भने दुई लाख भन्दा बढी खानेपानीमा खर्चेको हो। जिल्ला अस्पताल गौरले त्यसता धेरै बजेटको दुरुपयोग गरेको भन्दै सत्य तथ्य छानबिन गर्न र दोषीलाई हदै सम्म कार्वाही गर्न सम्बन्धित निकाय संग स्थानीयहरुले माग गरेका छन्।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार