पवर्त । पर्वतमा नगद रकमसहित जुवातासको खालबाट ७ जना पक्राउ परेका छन् । जुवातास खेलिरहेको भन्ने गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यलय पर्वतबाट प्रहरी निरिक्षक राजेन्द्र अधिकारीको कमान्डमा खटिएको विशेष टोलीले मोदी गाउँपालिकाबाट पक्राउ गरेको हो ।
पक्राउ अगाडि नै मोदी गा.पा. वडा नं. २ पातीचौर निवासी ५५ बर्षका महेशकुमार शर्माको घरमा हारजित हुनेगरी जुवातास खेलिएको सुचना प्राप्त भएको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको हो ।
पक्राउ गर्ने क्रममा घरधनी महेशकुमार शर्मा र अन्य ६ जनालाई नगद रु ७५,७२० र ४ बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिईएका उनीहरूलाई आजबाट नै जुवातास खेल्न नहुने कसुर अन्तर्गत मुद्दा दर्ता गरि जिल्ला प्रशासन कार्यलय पर्वतवाट १० दिन म्याद थप गरि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ ।