कटहरीया नगरपालिकामा किशोरी शिक्षा कार्यक्रमको संयुक्तरुपमा अनुगमन

उज्यालो प्रतिनिधि १४ श्रावण २०७८, बिहीबार समाचार

अमित ठाकुर,रौतहट ।  रौतहट जिल्लाको कटहरिया नगरपालिका अन्तर्गत संचालित रहेको किशोरी शिक्षा कार्यक्रमको नगरपालिकाले संयुक्तरूपमा अनुगमन गरिएको हो । नगर प्रमुख सियाराम कुशवाहा र प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह सहितको संयुक्त टोलीले अनुगमन गरिएको हो । कटहरिया नगरपालिका अन्तर्गत संचालित सिकाई केन्द्रहरूमा सो अनुगमन टोली पुगेको थियो ।

नगरप्रमुख कुशवाहा, आसमान का बोर्ड सदस्य रामप्रबेश यदव र शिक्षा संयोजक अनिल निधि सहितको टोली अनुगमनमा पुगेका थिए । संयुक्त अनुगमन टोलीले किशोरी सिकाई केन्द्र हप्तामा कति दिन र दैनिक कति घण्टा कक्षा संचालन भईरहेको र अध्ययन ÷अध्यापन गराईएको विषयमा अनुगमन गर्नु भएको हो।अनुगमनमा शिक्षण विधिहरूमा किशोरीहरूलाई पढ्न घरपरिवारले के कस्तो सहयोग गरिरहेको बिषयमा अनुगमन टोलीले अनुगमन गरिएको हो। किशोरी शिक्षा सिकाइ केन्द्र बाट कस्ता कुराहरू सिकेको,पढ्ने क्रममा भोगेका चुनौतीहरू र किशोरीहरू नगरपालिकाबाट के कस्ता सहयोगको अपेक्षा राखेको नगरप्रमुख कुशवाहा र प्रमुख प्रशासकीय अधिकृत साह सँगै जिल्ला शिक्षा विकास समन्वय इकाई प्रमुख रामबिनय कुमार सिंह किशोरीहरु संग सोधपुछ गरेका छन्। डिएफआईडिको आर्थिक सहयोग , पिन नेपालको प्राविधिक सहयोग र आसमान नेपालको आयोजनामा सो परियोजना संचालनमा रहेको छ ।

यो परियोजना रौतहट जिल्लाको मौलापुर नगरपालिका र कटहरिया नगरपालिकामा सञ्चालनमा रहेको आसमान नेपालले जनाएको हो । कटहरिया नगरपालिकामा सञ्चालनमा रहेको सिकाई केन्द्रहरूमा ४१ जना सहजकर्ता रहेका छन् भने ७ जना समाजिक परिचालक काम गरिरहेका छन् । १६ डिसेम्बर सन् २०२० देखि ३१ जुलाई देखि २०२१ सम्म कटहरिया नगरपालिकामा किशोरी शिक्षा परियोजना सञ्चालनमा रहने अधिकृत साहले बताएका छन्। आरम्भ परियोजना अन्तर्गत कटहरिया नगरपालिका अन्तर्गत सञ्चालनमा रहेका सिकाई केन्द्रहरूमा ८ सय २३ जना सहभागी रहेका छन् । जसमध्ये विवाहित १७३ जना रहेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार