बाढीले बन्द इन्द्रावती तेस्रो जलविद्युत् आयोजना पुनः सञ्चालनमा

उज्यालो प्रतिनिधि १४ श्रावण २०७८, बिहीबार समाचार

काठमाडौँ । गत असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले क्षति पुगेको सात दशमलव पाँच मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालनमा आएको छ ।

मेलम्ची खोलाको बाढीले राति ढालेको प्रसारण लाइनको चारवटा टावर र इन्द्रावती नदीको बाढीले क्षति पु¥याएको विद्युत्गृहको संरचनाको मर्मतपछि बुधबार रातिदेखि पुनःसञ्चालनमा ल्याइएको आयोजना प्रमुख मानोलाक श्रेष्ठले जानकारी दिनुभयो । इन्द्रावतीमा आएको बाढीले तिपेनीस्थित बाँध भत्काउनुका साथै सिभिल कार्य तथा इलेक्ट्रिक मेसिनमा ठूलो क्षति पुगेको थियो ।

बाढीले बालुवा थिग्राउने डिसेल्टिङ मेसिनको ढोका र अन्डर प्रेसको ढोकामा समेत क्षति पुगेकाले टावर तथा अन्य कार्यमा करिब रु दुई करोड ५० लाख मूल्य बराबरको क्षति पुगेको छ । डेढ महिनासम्म आयोजना उत्पादन बन्द हुँदा कूल रु पाँच करोड ५० लाख नोक्सान भएको डेपुटी प्लान्ट मेनेजर वसन्तलाल कर्णले जानकारी दिनुभयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार