नयाँ पार्टी खोल्ने तयारीमा ठाकुर र महतो

उज्यालो प्रतिनिधि १४ श्रावण २०७८, बिहीबार समाचार

काठमाडौँ । निर्वाचन आयोगले जसपाको आधिकारिता उपेन्द्र यादवलाई दिएपछि नयाँ पार्टी खोल्ने तयारीमा महन्थ ठाकुर र राजेन्द्र महतो लागेका छन्। उनीहरूले मंगलबार र बुधबार आफूनिकट कानुन व्यावसायीहरूसँग छलफल गरेका थिए। यादवनिकट नेता ज्ञानेन्द्र झाले यसअघि नै निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताकोलागि निवेदन दिएका छन्।

स्रोतका अनुसार, ठाकुर र महतोको चाहना पूरानो राजपा ब्युझाउँने हो तर उपेन्द्र यादवनिकट नेता हरिनारायण यादवले राजपा दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। यादवले आयोगमा निवेदन दिएको दुई दिनपछि मात्र ठाकुरनिकट एक नेताले राजपा दर्ताको लागि आयोगमा निवेदन दिएका थिए।

पुरानो राजपा नाम पाउने सम्भावना कति रहन्छ भन्ने विषयमा पनि ठाकुरले कानुन व्यवसायीसँग सल्लाह गरेको स्रोतले बतायो। ठाकुरनिकट एक नेताले भने, ‘सकेसम्म पुरानो राजपा ब्युझाउँने प्रयास रहन्छ। त्यो नभए लोकतान्त्रिक समाजवादी पार्टी नाम गरेको पार्टी खोल्ने सम्भावना पनि छ।’

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार