चीनको हेनान प्रान्तमा बाढी ७३ व्यक्तिको मृत्यु

उज्यालो प्रतिनिधि १३ श्रावण २०७८, बुधबार विश्व

बेइजिङ । मध्य चीनको हेनान प्रान्तमा व्यापक वर्षापछिको बाढी तथा डुबानका कारण बुधबार मध्याह्नसम्म कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको प्रान्तीय सङ्टकालीन व्यवस्थापन विभागले जनाएको छ गत जुलाई १६ बाट शुरु भएको यस व्यापक वर्षाको कारण १५० ओटा जिल्लाको एक करोड ३६ लाख व्यक्ति प्रभावित भएका बताइएको छ । व्यापक वर्षापछिको बाढीको कारण १४ लाख ७० हजार व्यक्तिलाई बाढी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको पनि समाचारमा जनाइएको छ ।

पिपुल्स लिबरेशन आर्मी (पीएलए) केन्द्रीय थिएटर कमान्डले हजारौंको संख्यामा सैनिक, सशस्त्र प्रहरीलाई बाढीमा फसेको मानिसहरुलाई सुरक्षित रुपमा उद्धारको गर्नको पठाएको छ । झेङझाओको मौसम विभागले यस वर्षाको स्तरलाई एक हजार वर्षपछि आएको विपत्ति भनी वर्णन गरेको छ । हेनान प्रान्तभरी राहत वितरण र पुनः निर्माणको प्रयासहरु भइरहेको जनाइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार