प्रहरीले लियो आक्रमक रणनीति : यातायातका साधनमा हुने बदमासी रोकिँदै

उज्यालो प्रतिनिधि १३ श्रावण २०७८, बुधबार समाचार

काठमाडौँ । सवारीसाधन चोरी, निकासी गरेर चलाउनेदेखि चालक अनुमतिपत्र नभएकाको मनोमानी गर्ने कार्य बन्द गर्न प्रहरीले आक्रमक रणनीति लिएको छ ।

छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिम, सुर्खेत र दैलेखमा जाजरकोट भएर सवारीसाधन आवतजावत् गर्ने भएपछि बदमासी गरेर सुरक्षित हुने स्थान बनाउँदा प्रहरीले नियन्त्रण गर्न रणनीति बनाएको नायब प्रहरी उपरीक्षक मधुकुमार थापाले जानकारी दिए ।

भेरी करिडोर भएर बाहिरी जिल्लाबाट सवारीसाधन चोरी निकासी गरेर जाजरकोट ल्याइ गाउँ–गाउँमा चलाउने क्रम बढेपछि प्रहरीले सो बदमासी नियन्त्रण गर्न अभियान चलाएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख लक्ष्मण विश्वकर्माले बताए ।

जिल्लाका नलगाड, छेडागाड, भेरी र शिवालय गाउँपालिकाभित्र पर्ने सडकमा गुड्ने यातायातका साधनमा कडा निगरानी बढाइएको विश्वकर्माले जानकारी दिए । मोटरसाइकलदेखि ठूला सवारीसाधनसम्म चोरी, पैठारी गरेर ल्याइ चलाइरहेको पाइएको उनले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार