राजविराजमा बन्द रहेको पिसिआर परीक्षण आजदेखि पुनः सञ्चालन

राजविराज । राजविराजस्थित गजेन्द्रनारायण सिँह अस्पतालमा मङ्गलबारदेखि बन्द रहेको पिसिआर परीक्षण आजदेखि पुनः सञ्चालन भएको छ ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रणजीतकुमार झाका अनुसार पिसिआर मेसिनमा प्राविधिक सामान्य गडबडी भएका कारण एक दिन बन्द रहेको कोरोना भाइरसको स्वाब परीक्षण फेरि सञ्चालन भएको उहाँले जानकारी दिए ।

दुई दिनअघि मात्रै सप्तरीमा ४० जनाको पिसिआर परीक्षण गर्दा २५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । सोही अनुरुप जिल्ला स्वास्थ्य कार्यालयले सङ्क्रमण बढ्दो क्रममा देखिएकाले परीक्षणको दायरासमेत बढाउनुपर्ने आवश्यकता रहेको डा झाले बताए ।

कोरोन सङ्क्रमणका कारण सप्तरीमा एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार खडक नगरपालिकाकी ४७ वर्षीया महिलाको मृत्यु भएको छ ।

गत असार ३१ गते सङ्क्रमण देखिएको उहाँको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १५६ पुगेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार