ब्लड प्रेसर नियन्त्रण गर्ने यी हुन् घरेलु उपाय

एजेन्सी । उच्च रक्तचापलाई साइलेन्ट किलर पनि भनिन्छ । यो तत्कालै कुनै ठूलै असर पार्ने रोगजस्तो नदेखिएपनि यसले मानिसलाई विस्तारै रोगी बनाउँदै मृत्युशैयामा पूराइरहेको हुन्छ ।

उच्च रक्तचापको समस्याका सुरुवाती लक्षणहरुमा चक्कर आउनु, निद्रा नलाग्नु, मुटुको धड्कन बढ्नु लगायतका हुन्छन् । उच्च रक्तचापको नियन्त्रणमा ध्यान नदिइएमा हृदयाघात, मस्तिष्कघात तथा मृगौला फेल हुने जस्ता प्राणघातक समस्या पैदा हुन्छन् ।

जिवनशैली तथा खानपानमा ध्यान दिनेहो भने उच्च रक्तचापलाई काबुमा राख्न सकिन्छ । आयुर्वेद चिकित्सकहरुका अनुसार केही घरेलु खानेकुराहरुको नियमित सेवनले पनि रक्तचाप नियन्त्रण गर्न सकिन्छ । जुन यस्ता छन्ः

· मेवा खानुहोस् : उच्च रक्तचापका रोगीले पर्याप्त मेवा खाुनपर्छ । मेवामा पोटासियम पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्छ ।

· केरा खानुहोस् : केरामा पनि पोटासियम पर्याप्त मात्रामा पाइन्छ, जसले सरीरमा नुनको असर कम गर्दछ । दिनहुँ २।३ वटा केरा खानु रक्तचाप नियन्त्रणका लागि लाभदायी हुन्छ ।

· लसुनस् लसुनमा पाइने एन्टीअक्सिडेन्ट तथा एलिसिन तत्व रक्तचाप नियन्त्रण गर्न सहयोगी हुन्छन् । त्यसैले हरेक बिहान खाली पेट लसुनका दुइ केश्रा तथा एक गिलास पानी पिएमा उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्छ ।

· अदुवास् खानामा अदुवा पर्याप्त मात्रामा सामेल गर्नुहोस् । अदुवामा रक्तसंचारलाई सन्तुलित गराउने एन्टीअक्सिडेन्टहरु पाइन्छन् ।

· मरिचस् आधा गिलास पानीमा एक चम्चा मरीचको धुलो घोल्नुुुहोस् र केही तताउनुहोस् । चिसो भइसकेपछि २।२ घण्टामा थोरै थोरै गरेर पिउनुहोस् ।

· तुलसी तथा निमको पातस् तुलसी तथा निमका पातको केही रस पानीमा मिलाएर दिनहुँ बिहान खाली पेटमा पिउने गर्नाले उच्च रक्तचापलाई नियन्त्रण गर्न सहयोग पुग्दछ ।

· मेथीस् एक चम्चा मेथीका दानालाई एक गिलास पानीमा मिलाएर उमाल्नुहोस् । त्ससपछि त्यो मेथीपानीलाई चिसो पारेर पिउनुहोस् ।

· गाजर र पालुंगोको रसस् दिनहुँ बिहान र बेलुका एक गिलास गाजर तथा पालुंगोको रस पिउनाले रक्तचाप नियन्त्रणमा फाइदा पुग्छ ।

· अमलाको रस र महस् १ चम्चा अमलाको रस र एक चम्चा मह मिलाएर हरेक दिन बिहान बेलुकी खाने गर्नाले रक्तचाप कम गर्ने तथा रोगप्रतिरोधी क्षमता पनि बढाउँछ ।

· कागती पानीस् रक्त चाप उच्च भएकाहरुले नियमित रुपमा एक गिलास पानीमा आधा कागती निचोरेर दिनको ३।४ पटक पिउनुपर्छ ।

· गहुँ तथा चनाको रोटीस् गहुँ तथा चनाको पिठोको बराबर मात्रा मिलाउनुहोस् र सोही पिठोबाट रोटी बनाउनुहोस् । यस्तो रोटी खानाले सरीरको उपापचयन प्रक्रियामा सुधार आउने तथा रक्तचाप सन्तुलित हुने गर्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार